नागरिकसँग गरेका वाचा पूरा गर्दै सम्हालिएर अघि बढ्छौँ : रवि लामिछाने

spot_img

चितवन, २३ फागुन । रवि लामिछानेले नागरिकसँग गरेका प्रतिबद्धता पूरा गर्दै जिम्मेवार ढंगले अघि बढ्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

चितवन–२ बाट उनले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनले जनताले दिएको समर्थनले आफूहरूलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै आगामी दिनमा संयमित र सोचविचारपूर्वक काम गर्ने बताए।

लामिछानेले नागरिकका अपेक्षाबारे आफू जानकार रहेको भन्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्राप्त नतिजाप्रति खुसी व्यक्त गर्दै जनताले चाहेका विषयबारे निरन्तर संवादमा रहने पनि बताए।

साथै उनले जनताको अपेक्षाअनुसार काम गर्न नसके आफ्नो पार्टीको अवस्था पनि अन्य केही दलहरूको जस्तै हुन सक्ने भन्दै सचेत रहनुपर्ने बताए। “आगामी यात्रा सजिलो छैन, तर असम्भव पनि छैन। मात्तिएर वा आत्तिएर होइन, सम्हालिएर र सुझबुझका साथ अघि बढ्छौँ,” उनले भने।

लामिछानेले फरक मत राख्नेहरूलाई पनि सम्मान गर्ने र कसैलाई पनि खेद्ने काम नगर्ने स्पष्ट पारे। साथै उनले आफ्नो पार्टीका कार्यकर्तालाई विजयी भएपछि उत्साहमा आएर कसैप्रति नराम्रो व्यवहार नगर्न र सधैं अरूको सम्मान गर्न आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय