Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

नेप्से १६. ६८ अंकले घट्यो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ७ वैशाख । पछिल्ला तीन कारोबार दिन निरन्तर उकालो लागेको नेपाली सेयर बजार आइतबार ओरालो लागेको छ। साताको पहिलो दिन नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६ बिन्दुमा झरेको हो। बजार खुल्नासाथ नेप्से लगातार घट्दो क्रममा रह्यो। बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अपेक्षाकृत कमजोर देखिएपछि लगानीकर्ता अन्योलमा परेका हुन्। बैंकहरूको नाफा औसतमा मात्र १.४ प्रतिशतले बढेको छ, तर यो वृद्धि व्यवसायिक विस्तारबाट नभई राष्ट्र बैंकले दिएको सहुलियतले लोन लस प्रोभिजन घटेका कारण भएको हो। त्यसमाथि पनि साँवा र ब्याज असुलीमा बैंकहरू अझै कमजोर देखिएकाले निष्क्रिय कर्जामा वृद्धि देखिएको छ।

- Advertisement -

बैंक तथा वित्तीय संस्था सेयर बजारमा सबैभन्दा प्रभावशाली क्षेत्र मानिन्छ। तिनको वित्तीय अवस्था कमजोर देखिएपछि अन्य सेक्टरको प्रतिफल पनि कमजोर हुने चिन्ताले बजारमा नकारात्मक प्रभाव परेको हो। त्यसमाथि राजनीतिक अस्थिरता र विभिन्न पक्षका आन्दोलनहरूले पनि बजारमा नकारात्मक असर पारेको देखिन्छ।

आजको दिन कारोबार रकमसमेत घटेको छ। बिहीबार १० अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आइतबार त्यो रकम घटेर ८ अर्ब ४३ करोडमा झरेको छ। कारोबार भएका कम्पनीमध्ये ५३ को मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य क्षेत्र घटेका छन् भने व्यापार र उत्पादन क्षेत्र भने सामान्य रुपमा बढेका छन्।

- Advertisement -

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य आज पनि १० प्रतिशतले वृद्धि भएको छ। यी दुवै कम्पनी हालै बजारमा सूचीकृत भएका हुन् र लगातार मूल्य वृद्धि भइरहेका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल बालाजु र राधि विद्युतको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। अर्कोतर्फ, हिमालयन पावर पार्टनर, बलेफी हाइड्रोपावर र सप्तकोशी विकास बैंकको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

रकमका आधारमा आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा राधि विद्युत, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, निफ्रा र सानिमा माइ हाइड्रोपावर रहेका छन्।

ताजा समाचार

spot_img

थप समाचार