spot_img

राजा राजावादी होइनन्, राजतन्त्रवादी हुन् : गगन थापा

spot_img
spot_img

काठमाडौँ,११ बैशाख । नेपालको राजतन्त्र संवैधानिक हुनै नसक्ने नेपाली कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् । यो विषय नेपाली समाजको नभएको र यसमा बोल्न आवश्यक नभएको उनले बताए ।

काठमाडौँ आज आयोजित लोकतन्त्र दिवसको अवसरमा सेन्टर फर डेमोक्रेसी डाइलगमा महामन्त्री थापाले भने, ‘इतिहासमा मिल्काइसकेको विषयमा चर्चा गर्नु जरुरी छैन । हामी यो विषयमा उत्तेजनामा आउनु हुँदैन । सिकेर आउने हो ।’

यसलाई चर्चा गर्न आवश्यक छैनभन्दा झन् चर्चा गरेजस्तो भएको उनको भनाइ थियो । थापाले भने, ‘यो विषयमा हामी उत्तेजनामा आउने पनि होइन, भाग्ने पनि होइन ।’

त्यस्तै उनले अहिलेको नेतृत्व वैधानिक भएको तर अवैध भएको भएको तर्क गरेर साथै यो नै अहिलेको सबैभन्दा ठुलो समस्या भएको पनि बताए । पार्टीभित्रबाट शक्ति प्राप्त गरेकाले वैधानिक भएपनि आम मानिसबाट विश्वास र भरोस टुटिसकेकाले अवैध भएकाे समेत थापाले बताए ।

‘वैधानिक तर अवैध नेतृत्व आजको डेमोक्रेसीको सबैभन्दा ठुलो समस्या हो’, थापाले भने । तर, नेतृत्वले अवैध छ भन्ने कुरा मान्दै नमान्ने गरेको थापाले बताए । त्यसैले वैधानिक बाटोबाटै नेतृत्व बदल्ने कुरा मुख्य विषय भएकाे उनले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय