सीमापार तनावका कारण आईपीएल २०२५ अनिश्चितकालका लागि स्थगित

spot_img

काठमाडौं,२६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। भारत र पाकिस्तानबीच चुलिंदो सीमापार तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सुरक्षाको चासोका कारण लिग रोक्ने निर्णय लिएको हो।

बीसीसीआई स्रोतहरूका अनुसार, वर्तमान परिस्थितिमा खेलाडी र दर्शकहरूको सुरक्षालाई प्राथमिकता दिँदै लिग स्थगनको निर्णय लिइएको हो। यद्यपि, यसबारे औपचारिक घोषणा केही दिनभित्रै हुने अपेक्षा गरिएको छ।

यो निर्णयले क्रिकेटप्रेमीहरूलाई निराश बनाएको छ भने धेरै टिम र फ्रेन्चाइजहरू यसबाट प्रभावित भएका छन्। अरबौं रुपैयाँको आर्थिक कारोबार हुने आईपीएल स्थगनले अन्तर्राष्ट्रिय खेल तालिकामा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

यदि सुरक्षा परिस्थिति सामान्य भएमा भविष्यमा लिग पुनः आयोजना गरिने सम्भावना बीसीसीआईले संकेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय