काठमाडौंमा राजावादीहरुको प्रदर्शन जारी

spot_img

काठमाडौं,१६ जेठ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीहरुले राजधानी काठमाडौंमा आज पनि प्रदर्शन गरेका छन्। माइतीघरदेखि बानेश्वर सडकखण्डसम्म विरोध जुलुस निकालिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालसहित राजसंस्था समर्थक समूहले गणतन्त्र दिवस (जेठ १५) बाट प्रदर्शनको सुरुवात गरेका थिए। यसै क्रममा बिहीबार शान्तिबाटिकामा पनि प्रदर्शन गरिएको थियो।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले “राजसंस्था फर्किएन भने आन्दोलन जारी रहने” स्पष्ट पारिसकेका छन्। उनका अनुसार यो अभियान निरन्तर रूपमा देशव्यापी बनाइनेछ। प्रदर्शनका कारण आज काठमाडौंको प्रमुख सडक खण्डमा सवारी आवागमन केही समय प्रभावित भएको ट्राफिक प्रहरी स्रोतले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय