महिला टी–२० विश्वकप: पाकिस्तान भारत जान अस्वीकार

spot_img

काठमाडौँ,२० जेठ । आगामी महिला टी–२० विश्वकपका लागि पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरेपछि भारत–पाकिस्तानबीचका खेलहरू न्यूट्रल भेन्‍युमा खेलाइने भएका छन्। आईसीसीले यी खेलहरू श्रीलंकामा आयोजना गर्ने निर्णय गरेको हो।

यसअघि भारतले पुरुष च्याम्पियन्स ट्रफीका लागि पाकिस्तान जान अस्वीकार गरेपछि आईसीसीले दुवै देशबीचका खेलहरू न्यूट्रल स्थलमा गराउने नीति ल्याएको थियो। त्यसैको निरन्तरतामा पाकिस्तानका महिला क्रिकेट टोलीले भारत नजाने निर्णय गरेपछि अब विश्वकपमा उनीहरूको खेल श्रीलंकामा हुने पक्का भएको हो।

महिला टी–२० विश्वकप २०२५ आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म हुने तय भएको छ। प्रतियोगिताको आयोजक भारत भए पनि पाकिस्तानका खेलहरू श्रीलंकाको राजधानी कोलम्बोमा गराइनेछ।

पाकिस्तानले समूह चरणका सात खेलहरू श्रीलंकामा खेल्नेछ, जसमा भारत र इंग्ल्यान्डविरुद्धका रोमाञ्चक भिडन्तहरू पनि त्यहीँ हुनेछन्। सेमिफाइनल पनि श्रीलंकामै गरिनेछ। यदि पाकिस्तान फाइनलमा पुग्छ भने त्यो खेल पनि भारतमा नभई श्रीलंकामै हुने प्रबल सम्भावना देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय