Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

नौ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१६ असार । सरकारले नौजना खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मन्त्रालयले सोमबार जनाएको छ। जनही एक लाख रुपैयाँसहित राष्ट्रिय खेलकुद सम्मान पाउनेमा भरतसिंह महता (पारा तेक्वान्दो), प्रेमबहादुर लिम्बू (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुङ राई, (कबड्डी), मानमती विष्ट (कबड्डी) र दीपा शाही (फुटबल) छन्।

- Advertisement -

प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) तथा चिकित्सकतर्फ डा. राजु डंगोल महर्जनलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ। खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार जनही २५ हजार रुपैयाँसहित ११ जनाले पाएका छन्।

पुरस्कृत हुनेमा मुकुन्द घिमिरे (इलाम), शरदचन्द्र भट्टराई (बारा) विक्रमकुमार बानियाँ (मकवानपुर), दिननाथ बराल (कास्की), स्वस्तिक श्रेष्ठ (बुटवल), दिनेशकुमार बुढा (दैलेख), दिनेशबहादुर विष्ट (बैतडी) छन्। यसैगरी नमिता दाहाल (तनहुँ) समावेशी महिलातर्फ र रूपा गहतराज समावेशी दलिततर्फ छन्। ५० हजार रुपैयाँ नगदसहितको खेलकुद पत्रकारिता सम्मान पुरस्कार लोचन राजोपाध्यायलाई प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार