सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ रोक्न चिकित्सकलाई मेडिकल काउन्सिलको कडा निर्देशन

spot_img

काठमाडौं,०५ वैशाख । नेपाल मेडिकल काउन्सिल ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक सञ्जालमार्फत जथाभाबी स्वास्थ्य परामर्श नदिन कडा चेतावनी दिएको छ।

पछिल्लो समय Facebook, TikTok र Instagram जस्ता प्लेटफर्ममा ‘अनलाइन परामर्श’ को नाममा औषधि प्रयोग, उपचार विधि र स्वास्थ्य सुझाव दिने प्रवृत्ति बढेपछि काउन्सिलले यस्तो निर्देशन जारी गरेको हो।

काउन्सिलका अनुसार यस्ता सामग्रीले बिरामीहरूमा गलत बुझाइ फैलाउने मात्र होइन, आफूखुसी औषधि प्रयोग गर्ने जोखिमपूर्ण बानी पनि बढाइरहेको छ। प्रत्यक्ष परीक्षणबिनाको परामर्शले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै यसप्रति सचेत रहन आग्रह गरिएको छ।

काउन्सिलले स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेसागत आचारसंहिताअनुसार मात्र दिनुपर्ने स्पष्ट पारेको छ। साथै, चिकित्सकीय निर्णय सामाजिक सञ्जालका सूचनामा होइन, बिरामीको प्रत्यक्ष जाँच र प्रमाणित उपचार पद्धतिमा आधारित हुनुपर्नेमा जोड दिएको छ।

निर्देशनको उल्लंघन गर्दै जथाभाबी परामर्श दिने चिकित्सक वा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि काउन्सिलले दिएको छ।

यस कदमलाई स्वास्थ्य क्षेत्रमा बढ्दो डिजिटल प्रभावबीच पेसागत मर्यादा जोगाउने प्रयासका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय