सुनचाँदीको मूल्य बढ्यो

spot_img

काठमाडौं,०७ साउन | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन मंगलबार छापावाल सुन १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ। मंगलबार यो मूल्य २ हजार ३२० रुपैयाँ थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय