जेनजी आन्दोलनबाट चौधरी समूहमा ५ अर्ब रुपैयाँ बराबरको क्षति

spot_img

काठमाडौं,०५ असोज । भदौ २३ र २४ गते देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (CG) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको छ। समूहका अनुसार तोडफोड, लुटपाट र आगजनीका कारण सतुङ्गलस्थित CG इलेक्ट्रोनिक्स कारखाना, गोदाम, सर्भर तथा डाटा सेन्टरमा ठूलो क्षति पुगेको छ।

सीजीले भने, राजधानी र अन्य स्थानका प्रतिष्ठानहरू, शोरुम, कार्यालय, स्कूल र व्यवसायिक भवनहरूमा पनि आन्दोलनकारीको प्रत्यक्ष आक्रमण भएको छ। तर, समूहले आफ्ना कुनै पनि कर्मचारीलाई नहटाउने प्रतिबद्धता जनाएको छ।

आर्थिक सुरक्षाका लागि चौधरी समूहले सरकारले व्यवसायको दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको द्रुत भुक्तानी, ऋण पुनर्संरचना, ब्याज मिनाहा, निर्माण सामग्रीमा छुट, सवारीसाधनमा सहुलियत र सेजसरह सुविधा प्रदान गर्न पहल गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।

CG का अनुसार यस घटनाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने भएकाले सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने औँल्याइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय