पाकिस्तानमाथि शानदार जित, भारतको ८औँ एसिया कप उपाधि

spot_img

काठमाडौं,१३ असोज । एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो बनाएको छ।

दुबईमा भएको रोमाञ्चक खेलमा १४७ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो। मध्यमक्रमका तिलक वर्मा नायक बने— उनले ५३ बलमा ३ चौका र ४ छक्कासहित अविजित ६९ रन जोडे।

भारतले सुरुवातमा निराशाजनक प्रदर्शन गरेको थियो। ओपनर अभिषेक शर्मा (५), शुभमन गिल (१२) र सूर्यकुमार यादव (१) सस्तैमा आउट भएपछि ४ ओभरमै २०–३ को अवस्थामा पुगेको टोलीलाई वर्मा र सञ्जु स्यामसन (२४) ले ५७ रनको साझेदारी गर्दै स्थिरता दिए। अन्त्यतिर शिवम दुबेले २२ बलमा ३३ रन जोड्दै जीत सजिलो बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९.१ ओभरमै १४६ रनमा अलआउट भयो। शानदार सुरुवात दिलाउने क्रममा शहिबजादा फरानले ५७ रन र फखर जमानले ४६ रन बनाए पनि मध्यक्रम ध्वस्त हुँदा टोली ठूूलो योगफल बनाउन असफल रह्यो।

भारतका कुलदीप यादवले ४ विकेट, अक्षर पटेलले २ विकेट, जस्प्रित बुमराह र बरुण चक्रवर्तीले १–१ विकेट लिए। पाकिस्तानका बलरमध्ये फहिम अशरफ सर्वाधिक सफल भए— ३ विकेट लिए।

यस जितसँगै भारतले आठौँ पटक एसिया कप उपाधि हात पार्‍यो। भारत यसअघि १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३ मा च्याम्पियन बनेको थियो। पाकिस्तानले भने २००० र २०१२ मा उपाधि जितेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय