काठमाडौं,१३ असोज । शारजाहमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालले आज वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा ऐतिहासिक जित निकालिसकेको छ। त्यसैले आजको खेल जिते शृंखला एक खेल अगावै आफ्नो बनाउन सक्ने मौका नेपालसँग हुनेछ। पहिलो खेलमा सम्पूर्ण टोलीले उत्कृष्ट प्रदर्शन गरेकाले दर्शक र समर्थकले पनि निरन्तरता दिने आशा राखेका छन्।
नेपाल र वेस्ट इन्डिजबीच अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ।
नेपालको टोली : कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।
वेस्ट इन्डिजको टोली : कप्तान अकिल होसेन, फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

