नेपाल मलेसियासँग तीन रनले पराजित

spot_img

काठमाडौं,१६ असोज । नेपालले मलेसियाविरुद्धको पहिलो महिला टी–२० अन्तर्राष्ट्रिय खेल तीन रनले गुमाएको छ। यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ।

क्वालालम्पुरको बायुमास मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो। विनफ्रेड डुरेसिंगमले २६ रनको योगदान दिइन्।

जवाफी ब्याटिङमा नेपालले सात विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो। पूजा महतोले सर्वाधिक ३० रन प्रहार गरिन् भने सम्झना खड्काले १८ रन जोडेकी थिइन्। तर, अन्तिम ओभरमा आवश्यक सात रन बनाउन नसक्दा नेपाल पराजित भयो।

नेपालले यही सिरिजलाई वुमेन्स विश्वकप छनोटअघि तयारीका रूपमा खेलेको हो। दोस्रो खेल आगामी शनिबार हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय