बिहीबार नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको मूल्य रु २ लाख ५० हजार ९०० पुगेको हो, जुन बुधबारको तुलनामा रु २ हजारले बढी हो।
यस्तै, १० ग्राम सुन रु २ लाख १५ हजार १०५ पुगेको छ भने चाँदीको मूल्य पनि तोलामा रु ३ हजार २७५ पुगेको छ।




