spot_img

पौष २६ देखि माघ ३ सम्म काठमाडौंमा ट्राफिक सप्ताह–२०८२ सञ्चालन

spot_img
spot_img

काठमाडौं,२५ पुस  । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि विशेष अभियान र “ट्राफिक सप्ताह–२०८२” आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी पौष २६ गतेदेखि माघ ३ गतेसम्म चल्ने भएको ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए।

उपरीक्षक सुवेदीका अनुसार ट्राफिक सप्ताहको मुख्य उद्देश्य सडक प्रयोगकर्ताको व्यवहार सुधार, ट्राफिक नियमको निष्पक्ष पालन, तथा सवारी दुर्घटनाबाट हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनिकरण गर्नु हो। उनले भने, “अनुशासित यातायात प्रणालीको विकासमा योगदान पुर्याउन र सडक प्रयोगकर्ताको चेतना बढाउन ट्राफिक सप्ताह आयोजना गरिएको हो।”

कार्यक्रम अवधिमा मुख्य चोकहरूमा सचेतना कार्यक्रम, सवारी साधनमा स्टिकर टाँस्ने, माइकिङ, जेब्रा क्रसिङ नभएका स्थानमा सुरक्षित बाटो काट्ने तालिम, चालक–सहचालकको विशेष काउन्सेलिङ, विद्यालय, आमा समूह र टोल सुधार समितिमा जागरण कार्यक्रमहरू सञ्चालन गरिने छ।

उपरीक्षक जोशीले भने, “चालकको व्यवहार सुधार, सडक र सवारी साधनको अवस्था सुधार नगरेसम्म दुर्घटना न्यूनिकरण चुनौतीपूर्ण छ। यसैले रात्रिकालिन समयमा मादक पदार्थ सेवन, तिव्र गति, रातो बत्ती उल्लंघन, लेन अनुशासन पालना नगर्नेलाई लक्षित जनचेतना कार्यक्रम समेत सञ्चालन गरिनेछ।”

उनले ट्राफिक जामको समस्या पनि औंल्याए। काठमाडौंमा सवारी साधनको संख्या दैनिक १८ लाखभन्दा बढी रहेको र सडक विकास अनुपात अनुसार नभएको कारणले एउटै लेनमा सबै प्रकारका सवारी चल्नुपर्ने भएकाले जाम हुने गरेको उनले बताए।

ट्राफिक प्रहरीको यस कार्यक्रमले सडक प्रयोगकर्ताको व्यवहार सुधार र दुर्घटना न्यूनिकरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय