spot_img

सांसद हरि पन्तविरुद्ध भ्रामक सामग्री फैलाइएको भन्दै सचिवालयको आपत्ति

spot_img
spot_img

बीरगन्ज,२६ वैशाख । पर्सा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद (हरि) पन्त विरुद्ध सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा प्रकाशित सामग्रीप्रति उनको सचिवालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा सांसद पन्तको नाम, तस्वीर र प्रतिष्ठासँग जोडेर सार्वजनिक गरिएका आरोपहरू पूर्ण रूपमा भ्रामक, तथ्यहीन तथा चरित्रहत्या गर्ने उद्देश्यले प्रेरित रहेको दाबी गरिएको छ।

सचिवालयले अनलाइनमा उल्लेख गरिएका कुनै पनि व्यवसाय वा व्यावसायिक संस्थासँग सांसद पन्तको सम्बन्ध नरहेको स्पष्ट पारेको छ। बिना प्रमाण कसैको नाम र तस्वीर प्रयोग गरी गलत सूचना फैलाउनु कानुनी रूपमा दण्डनीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सचिवालयका अनुसार यस्ता सामग्रीले सांसद पन्तको व्यक्तिगत प्रतिष्ठा, सामाजिक सम्मान र राजनीतिक जीवनमा गम्भीर असर पार्ने प्रयास गरेको देखिन्छ। त्यसैले भ्रामक सामग्री निर्माण, प्रकाशन तथा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई तत्काल सामग्री हटाउन र सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ।

यस विषयमा नेपालको संविधान, विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुनअनुसार कानुनी प्रक्रिया अघि बढाइसकिएको पनि सचिवालयले जनाएको छ। साथै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणलाई अपुष्ट र भ्रामक सामग्री शेयर नगर्न तथा जिम्मेवार सूचना प्रवाह गर्न अनुरोध गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय