spot_img

हर्क साम्पाङविरुद्ध बालबालिका प्रयोग गरेको उजुरी निर्वाचन आयोगमा

spot_img
spot_img

काठमाडौं, १२ माघ । सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरीमा साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाइएको छ।

उक्त उजुरी धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गराएको हो। उजुरीमा बालबालिका संरक्षण ऐन, २०७५ को परिच्छेद २, दफा ७, उपदफा ९७० अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने उल्लेख छ।

सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराएर छलफल गर्न र आचारसंहिता उल्लंघन भए कारबाही गर्न माग गरेको छ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार उजुरी अध्ययनका लागि प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले अध्ययन पश्चात् आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ।

बालबालिकाको प्रयोग प्रमाणित भएमा उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज हुने सम्भावना रहेको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने तय छ।

spot_img

ताजा अपडेट

लोकप्रिय