spot_img

सर्लाही–२ मा फेरि भिड्दै राजेन्द्र महतो र महेन्द्र राय यादव

spot_img
spot_img

काठमाडौँ,२७ पुस । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा पुनः महेन्द्र राय यादव र राजेन्द्र महतोबीच प्रतिष्पर्धा हुने देखिएको छ।

राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालका अध्यक्ष हुन् भने महेन्द्र राय यादव नेपाली कम्युनिस्ट पार्टीका नेता हुन्। यसअघि पनि यहाँ यादवले महतोलाई पराजित गरेका थिए।

महतोले सर्लाही–२ बाट उम्मेदवार बन्ने निश्चित मात्र होइन, उक्त क्षेत्रमा चुनावी अभियान समेत सुरु गरिसकेका छन्। इतिहासमा हेर्दा २०७० को दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही–५ मा दुवै जनाबीच प्रतिष्पर्धा भएको थियो, त्यतिबेला यादवले महतोलाई दुई हजार ७८४ मतान्तरले पराजित गरेका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा महतो धनुषा–३ बाट विजयी भएका थिए। २०७९ मा भने सर्लाही–२ मा यादव र महतो आमनेसामने भएका थिए, जहाँ यादवले दुई हजार ११ मतान्तरले महतोलाई पराजित गरेका थिए। २०७९ को निर्वाचनमा यादवले २३,५२९ मत पाएका थिए भने महतोले २१,५१८ मत प्राप्त गरेका थिए।

यसपटक पनि दुवैको भेट त्यही निर्वाचन क्षेत्रमा हुने सम्भावना बलियो छ। नेकपाका नेता यादवले भने, “मेरो चाहना सर्लाही–२ बाट चुनाव लड्ने हो, तर पार्टीले निर्णय गरेअनुसार म चुनाव लड्नेछु।” हाल यादवको नाम सर्लाही–१ बाट उम्मेदवारका रूपमा पनि चर्चा भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय