बीरगन्ज,११ जेठ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ ।
आज सुन १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि आइतबार सुनको मूल्य २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



