spot_img

चुनावी प्रचारमा बालबालिका प्रयोग भएकोबारे जेनजी फ्रन्टको ध्यानाकर्षण

spot_img
spot_img

काठमाडौं,१० माघ । जेनजी फ्रन्टले आगामी फागुन २१ मा हुने निर्वाचनका क्रममा बालबालिकाहरूको चुनावी प्रचारमा प्रयोग भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। शनिबार जारी विज्ञप्तिमा फ्रन्टले यस्तो कार्य राजनीतिक रूपमा अनैतिक मात्र नभई कानूनी रूपमा दण्डनीय अपराध भएको पनि उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “बालबालिकालाई राजनीतिक गतिविधि वा चुनावी प्रचारमा संलग्न गराउनु बालअधिकारको गम्भीर उल्लङ्घन हो। संविधान, बालबालिका सम्बन्धी ऐन तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताले बालबालिकाको प्रयोग स्पष्ट रूपमा निषेध गरेको छ।”

फ्रन्टले राजनीतिक लाभका लागि बालबालिकालाई प्रयोग गर्नु लोकतान्त्रिक मूल्य र नैतिकताको ठाडो अपमान भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा सबै राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्तालाई बालबालिकाको सुरक्षा सुनिश्चित गर्न, कानुनको पालना गर्न र चुनावी गतिविधिमा उनीहरूलाई प्रयोग नगर्न सचेत रहन आग्रह गरिएको छ।

जेनजी फ्रन्टले चुनावी प्रतिस्पर्धामा बालबालिकालाई साधन बनाउने व्यवहार रोक्न उच्चतम जिम्मेवारी र जवाफदेहिता अपनाउन सबै पक्षलाई आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय