spot_img

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौँ,०४ जेठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशी शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल स्कटल्याण्डसँग खेलिरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपालसामू १९५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ३९ ओभर १ बलमा अलआउट हुँदै १९४ रन बनाएको छ ।
स्कटल्याण्डका ब्रान्डन म्याकमुलेमले सर्वाधिक ७३ र मिचेल इंग्लिसले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै, जर्ज मुन्सेले २१, मार्क वाटले २० तथा रिची बेरिङटनले १२ रनको योगदान दिए ।

नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक–एक विकेट लिए ।

घरेलु मैदानमा जारी खेल नेपालका लागि एकदिवसीय अस्तित्व जोगाउने लडाइँ जस्तै बनेको छ। दुईदुई खेलको शृङ्खलामा नेपालले एक जित र एक हारको सामना गरिसकेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ ।

लिग–२ को तालिकामा अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने २६ खेलमा २० अंक जोडेर आठ राष्ट्र सम्मिलित तालिकाको सातौँ स्थानमा छ। लिग२ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल गर या मर’ को स्थितिमा छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय