महेश बस्नेतविरुद्ध निर्वाचन आयोगमा उजुरी, उम्मेदवारी खारेजीको माग

spot_img

काठमाडौँ,१० माघ । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपसहित निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको छ । जेनजी अभियानकर्ता तथा अधिवक्ता अनिल कुमार साह र युवराज मुखियालगायत युवाहरूले आयोगमा औपचारिक उजुरी दर्ता गर्दै बस्नेतको उम्मेदवारी खारेजीको माग गरेका हुन् ।

उजुरीकर्ताहरूले बस्नेतले सार्वजनिक रूपमा मधेसी समुदायप्रति घृणास्पद र विभेदकारी अभिव्यक्ति दिएको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन आचारसंहिताविपरीतका यस्ता अभिव्यक्तिले सामाजिक सद्भावमा खलल पुर्‍याउने भन्दै निर्वाचन आयोगले कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।

यस सन्दर्भमा उजुरीकर्ताहरूले निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर लिखित उजुरी बुझाएका हुन् । उजुरीमा दोषी ठहरिएमा बस्नेतको उम्मेदवारी खारेज गर्नुपर्ने मागसमेत उल्लेख गरिएको छ । निर्वाचन आयोगले उजुरी प्राप्त भएको पुष्टि गर्दै आवश्यक अध्ययन र छानबिनपछि कानुनी प्रक्रियाअनुसार निर्णय लिने जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय