Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026
Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३०...

पर्सा–१ मा एमालेको बलियो...

वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको...

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...
spot_img

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सकियो, आदेश प्रतीक्षामा

spot_img

काठमाडौँ,११ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा रिटमाथि सुनुवाइ सकिए पनि आदेश भने आउन बाँकी छ। प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका चौधरीको मनोनयन पत्र निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन्।

टीकापुर घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा तीन तहका अदालतबाट दोषी ठहर भइसकेको आधारमा निर्वाचन आयोगले चौधरीको उम्मेदवारी अस्वीकार गरेको थियो। आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता गरिएको उनको उम्मेदवारी बिहीबार खारेज गरेको हो।

अब सर्वोच्च अदालतको आदेशले चौधरीको उम्मेदवारीको भविष्य तय गर्नेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय