Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

भारतको ७६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाउँदै

spot_img

बीरगन्ज,१२ माघ । विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्र भारतले आज ७६औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै छ । सन् १९५० जनवरी २६ मा डा. भीमराव अम्बेडकरको नेतृत्वमा तयार पारिएको विश्वकै सबैभन्दा लामो लिखित संविधान जारी भएको स्मरणमा हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।

नयाँ दिल्लीको कर्तव्य पथ (साविक राजपथ) मा आयोजना हुने भव्य परेड, सैन्य शक्ति प्रदर्शन र सांस्कृतिक झाँकीहरूले भारतको विविधता र एकताको तस्बिर विश्वसामु प्रस्तुत गरेको छ ।

चार वर्षको निरन्तर परिश्रमपछि तयार पारिएको भारतीय संविधानले न्याय, स्वतन्त्रता, समानता र भाइचारालाई मुख्य आधार स्तम्भ मानेको छ। यो दिवस केवल एक औपचारिक समारोह मात्र नभई नागरिकलाई प्रजातान्त्रिक आदर्श र राष्ट्रप्रतिको जिम्मेवारी स्मरण गराउने कडी पनि हो । विशेषगरी सैन्य शासन र मानवाधिकार उल्लङ्घनको जोखिममा रहेका विश्वका विभिन्न मुलुकका लागि भारतको लोकतान्त्रिक यात्रा एक शैक्षिक पाठ समेत बनेको छ ।

नेपाल र भारतबीचको सम्बन्ध केवल भौगोलिक निकटतामा मात्र सीमित छैन, यो गहिरो सांस्कृतिक र आर्थिक साझेदारीमा आधारित छ । सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि छिमेकी मुलुकको द्विपक्षीय भ्रमणलाई प्राथमिकता दिँदै सम्बन्धमा नयाँ ऊर्जा थप्ने प्रयास भयो । पछिल्लो समय भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता र सिधै प्रभाव देखिने परियोजनामा खर्च हुने रकम ५ करोडबाट बढाएर २० करोड पुर्‍याउनुले आर्थिक सहयोगको बलियो सङ्केत दिएको छ। नेपालको बिजुली हालै बंगलादेश निर्यात हुन थाल्नु यसै साझेदारीको एक कोशुङ्गा हो ।

दुई देशबीचको मित्रता प्रगाढ रहे पनि केही मुद्दाहरू अझै सुल्झिन बाँकी छन् । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भएको ढिलाइ, कालापानी, लिपुलेक र सुस्ता लगायतका सीमा विवादका विषयमा द्विपक्षीय वार्ताको आवश्यकता अझै खड्किएको छ । नेपालले औद्योगिक प्रतिष्ठान ऐन, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन जस्ता नयाँ नीतिहरू पारित गर्दै पूर्वाधार र पर्यटनमा थप भारतीय लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ ।

पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली जस्ता ठूला जलविद्युत् आयोजनाहरू सम्पन्न भएमा नेपाल ऊर्जा र सिँचाइमा आत्मनिर्भर बन्ने निश्चित छ । नेपाली कृषि उत्पादन (अदुवा, चिया, अलैँची) को भारतीय बजारमा सहज पहुँच र अत्याधुनिक क्वारेन्टाइन सुविधाको व्यवस्थाका लागि नेपालले निरन्तर भारतसँग आग्रह गर्दै आएको छ। अनधिकृत व्यापारलाई निरुत्साहित गर्दै औपचारिक व्यापारलाई प्रोत्साहन गर्नु नै दुवै देशको हितमा हुने देखिन्छ ।

भारतको गणतन्त्र दिवसको अवसरमा हुने यस्ता उत्सवहरूले दुवै देशका जनताबीचको भ्रातृत्व भावनालाई अझ प्रगाढ बनाउँदै कठिन परिस्थितिमा पनि साझा समृद्धिका लागि अघि बढ्ने प्रेरणा दिने विश्वास गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय