spot_img

नारायणी अस्पतालमा नवजात शिशु र आमालाई कपडा वितरण

spot_img
spot_img

वीरगन्ज,१४ माघ । जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य र सुविधामा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा १ सय ३५ जना नवजात शिशु र उनीहरूको आमालाई कपडा प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–२ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक कुमार टेमानी रहेका थिए। कार्यक्रममा सामाजिक अभियन्ता, युवाहरू र अस्पतालका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

उक्त अवसरमा प्रमुख अतिथि टेमानीले भने, “यस्ता मानवीय र सामाजिक पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्छ। नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सानो सहयोगले पनि ठूलो प्रभाव पार्छ। यसले आमाहरूको मनोबल बढाउने मात्र होइन, समाजमा आपसी सहयोग, सद्भाव र मानवताको भावना मजबुत बनाउँछ।” उनले सामाजिक उत्तरदायित्व केवल संस्थागत दायित्व नभई हरेक नागरिकको कर्तव्य भएको पनि औँल्याए।

कार्यक्रमका संयोजक राहुल गुप्ताले समुदायको आवश्यकता अनुसार कार्यक्रम आयोजना गरिएको बताउँदै, आगामी दिनमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागीहरूले यस पहलले नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याएको र समाजमा सद्भाव र मानवताको महत्व झल्काएको प्रतिक्रिया दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय