spot_img

लुम्बिनीमा एमालेका ४ मन्त्रीले राजीनामा दिँदै

spot_img
spot_img

काठमाडाै,२० जेठ । लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले)का चार जना मन्त्रीहरूले सामुहिक राजीनामा दिने भएका छन्।

भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालका अनुसार उनीहरूले मौखिक रूपमा राजीनामा दिइसकेको र केही बेरमै लिखित राजीनामा दिने तयारी भइरहेको बताए।

‘हामीलाई पार्टीले मन्त्री बनाएको हो,’ ढकालले भने, ‘अहिले फेरि पार्टीले राजीनामा देऊ भनेको हुँदा पदबाट राजीनामा दिन थालेका हौं।’

भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले बुधबार राजीनामा दिन लागेका हुन्। एमालेले लुम्बिनी सरकारमा नयाँ मन्त्रीहरू पठाउन हाल रहेका पार्टीका चार जना मन्त्रीलाई फिर्ता बोलाएको हो।

लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्। स्रोतका अनुसार मुख्यमन्त्रीले भने राजीनामा दिने छैनन्।

spot_img

ताजा अपडेट

लोकप्रिय