जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

spot_img

काठमाडौं,१५ माघ । सर्वोच्च अदालतले जापान जाने नेपाली प्रशिक्षार्थी कामदारका लागि आवश्यक भाषा परीक्षा सम्बन्धी दायर रिट खारेज गरेको छ।

नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले लिने भाषा परीक्षा विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले बुधबार खारेज गरेको हो। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र जानलाई विपक्षी बनाइएको थियो।

सरकारले अघि २०६६ सालको ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका’ खारेज गरेको थियो। निर्देशिका खारेजसँगै ‘जिट्को’ मार्फत कामदार पठाउने व्यवस्था पनि रोकिएको थियो। हाल नेपालबाट प्रशिक्षार्थी श्रमिक ‘टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम’ (टीआईटीपी) अन्तर्गत पठाइरहेका छन्।

सरकारले निर्देशिका खारेज गरी अब सबै म्यानपावर कम्पनीमार्फत कामदार पठाउन सकिने व्यवस्था मिलाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय