spot_img

कतारमा लाइसेन्स बिना सवारी चलाउनेहरूलाई कैद र भारी जरिवानाको चेतावनी

spot_img
spot_img

काठमाडौँ,१६ माघ । नेपालीहरूको प्रमुख श्रम गन्तव्य कतारमा वैध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बिना सवारी साधन चलाउनेहरूलाई कैद र भारी जरिवाना हुने खतरा भएको छ। कतारको गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत यस सम्बन्धमा जनचेतनामूलक सन्देश जारी गरेको छ।

मन्त्रालयका अनुसार लाइसेन्स बिना सवारी चलाउनु गम्भीर ट्राफिक अपराध हो र यसले सडक सुरक्षामा प्रत्यक्ष जोखिम सिर्जना गर्दछ। यस्तो उल्लङ्घन मिलापत्र वा सहमतिबाट समाधान गर्न सकिँदैन।

कतारको ट्राफिक कानुनको धारा ९४ अनुसार, लाइसेन्स बिना सवारी चलाउने पुष्टि भएमा १ महिना देखि ३ वर्षसम्म कैद, न्यूनतम १० हजार रियालदेखि अधिकतम ५० हजार रियालसम्म जरिवाना, वा यीमध्ये कुनै एक सजायको व्यवस्था गरिएको छ।

वैध ड्राइभिङ लाइसेन्स भए पनि जाँचको समयमा कार्ड साथमा नराखेका चालकले ‘मेत्राश’ एपमार्फत डिजिटल रूपमा लाइसेन्स प्रमाणित गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण र जिम्मेवार सवारी संस्कृतिको प्रवर्द्धनका लागि यस प्रकारको जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय