काठमाडौं,२२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्लास्थित सम्पर्क कार्यालयमा तोडफोड भएको छ। कमल गाउँपालिका–२ मा सञ्चालनमा रहेको कार्यालयको झ्यालको सिसा बुधबार मध्यराति अज्ञात व्यक्तिले फुटाएको पार्टीले जनाएको छ।
कमल गाउँपालिका रास्वपाका सभापति केदार चापागाइँका अनुसार चुनावी गतिविधिलाई लक्षित गर्दै स्थानीय जयराम अधिकारीको घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरिएको थियो। रास्वपाले झापा क्षेत्र नम्बर ५ बाट वरिष्ठ नेता बालेन शाहलाई उम्मेदवार बनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय झापाले तोडफोडमा संलग्न व्यक्तिको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

