काठमाडौं,२३ माघ । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घट्दो क्रममा देखिएको छ। हिजो बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले ओरालो लागेको सुनको भाउ आज शुक्रबार थप ४ हजार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बिहीबार भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदी तोलामा २ सय ७० रुपैयाँले घटेर ४ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा मागमा आएको परिवर्तनका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको व्यवसायीहरू बताउँछन्।

