spot_img

रवि लामिछाने आज रुपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पुग्ने

spot_img
spot_img

बुटवल,२६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही आइपुगेका छन्। आइतबार साँझ रुपन्देही पुगेका उनी मणिग्रामस्थित तारे होटल विश्राम बाटिकामा बसेका छन्। आज उनले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर जनसम्पर्क कार्यक्रम गर्ने तय भएको पार्टीले जनाएको छ।

रास्वपाका अनुसार बिहान ८ बजे रुपन्देही–१ अन्तर्गत देवदह खैरेनीबाट उनको कार्यक्रम सुरु भएको हो। दिनभर विभिन्न निर्वाचन क्षेत्रका २६ स्थानमा पुग्ने तालिका रहेको छ। साँझ भने क्षेत्र नं ५ अन्तर्गत पर्ने बुद्ध जन्मस्थल लुम्बिनी तथा मायादेवी मन्दिरको भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए।

निर्धारित कार्यक्रमअनुसार बिहान ११ बजे क्षेत्र नं ३ को भैरहवा, दिउँसो १ बजे क्षेत्र नं ४ को कोटहीमाई–मर्चवार, २ बजे क्षेत्र नं ५ को पर्सहवा, सवा ३ बजे क्षेत्र नं २ को मोतिपुर, त्यसपछि बुटवल, नयाँगाउँ र सालझण्डी हुँदै साँझ सवा ६ बजे लुम्बिनी पुग्ने तालिका रहेको छ।

यद्यपि सबै स्थानमा सम्बोधन कार्यक्रम नरहने र केही स्थानमा मात्र छोटो सम्बोधन हुने सम्भावना रहेको डा. शर्माले बताए।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाबाट क्रमशः क्षेत्र नं १ मा महामन्त्री सुनिल लम्साल, क्षेत्र नं २ मा सुलभ खरेल, क्षेत्र नं ३ मा डा. लेखजंग थापा, क्षेत्र नं ४ मा कन्हैया बनिया र क्षेत्र नं ५ मा तौफिफ अहमद खान उम्मेदवार रहेका छन्। रुपन्देहीका कार्यक्रम सकेपछि लामिछाने सोमबार राति कपिलवस्तु जाने कार्यक्रम तय भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय