कानुनी र अदालती प्रक्रियाको सधैं सम्मान गर्ने : रवि लामिछाने

spot_img

काठमाडौँ,२९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्।

बिहीबार, जिल्ला अदालत कास्की, पोखरामा मुद्धा सुनुवाइको तारिख बुझ्न उपस्थित भएका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै भने कि, “अहिले म विभिन्न अदालतमा तारिख बुझ्न जानुपरेको छ, तर म विश्वास गर्छु कि अदालतले मेरो पक्षमा न्याय दिनेछ।” उनले सबैले न्याय पाउने अधिकार अदालतमा हुने भएकाले कानुनी र अदालती प्रक्रियाको सधैं सम्मान गर्ने बताए।

लामिछानेले थपे कि, “मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थित हुनुपर्ने भएकाले मैले आफ्नो समय अनुसार तालिका मिलाएर अदालतको प्रक्रियामा सहभागी भइरहेको छु।” सभापति लामिछानेले आफूहरू कानुनी राज्य स्थापना गर्न अग्रसर भएको भन्दै, कानुनी प्रक्रिया पालनामा पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय