Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

साउथजोन माध्यमिक विद्यालयको १७...

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य...

आफ्नो पक्षमा जनसमर्थन रहेको...

वीरगंज, २९ माघ - चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन...

संकटदेखि संरचनासम्म : पर्सा–१...

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट...

सानो दीप संस्थाद्वारा विद्यालयमा...

वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत...
spot_img

मतदानका दिन यी कागजात र नियम ध्यानमा राख्नुपर्छ

spot_img

काठमाडौं, २९ माघ। निर्वाचन आयोगले आगामी मतदानका दिन मतदाताले के–के कुरामा ध्यान दिनुपर्ने स्पष्ट गरेको छ। आयोगका अनुसार मतदान गर्न जाँदा अपना मतदाता परिचयपत्र (Voter ID) अनिवार्य छ।

यदि मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पुर्जा मध्ये कुनै एक कागजात लिएर पनि मतदान गर्न सकिन्छ।

मतदान स्थलमा पुगेपछि कर्मचारीलाई आफ्नो कागजात देखाउनुपर्नेछ। विशेषगरी गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी र लैंगिक/यौनिक अल्पसंख्यक मतदातालाई लाइनमा नबसी प्राथमिकता दिइने व्यवस्था गरिएको छ।

सामान्य मतदाताहरू भने महिला–पुरुष अलग लाइनमा बस्नुपर्नेछ। मतदान गर्दा देब्रे हातको बुढी औंलाको नङ र मासुको बीचमा मसी लगाउने प्रक्रिया पुरा भएपछि मात्रै मतदान गर्न पाइन्छ।

आयोगले मतदातालाई सजग रहन र आवश्यक कागजातसहित मतदानस्थल पुग्न आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय