spot_img

बलियो सरकार बन्ने आशा जागेको छ : रवि लामिछाने

spot_img
spot_img

काठमाडौं,०४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि देशमा बलियो सरकार बन्ने र जनताका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँगको छलफलका क्रममा उनले अहिले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनेको दाबी गरे।

लामिछानेले यसअघि सरकारमा रहँदा जनताका विभिन्न समस्या समाधान गर्ने प्रयास भए पनि सबै काम पूरा गर्न नसकिएको उल्लेख गर्दै आगामी निर्वाचनपछि स्थिर र सक्षम सरकार गठन हुने आशा व्यक्त गरे। उनले नेताहरूले आश्वासन मात्रै नभई काममार्फत परिणाम देखाउनुपर्नेमा जोड दिए।

स्थानीयवासीले छलफलका क्रममा सुकुम्बासी समस्या समाधानका लागि पटक–पटक आश्वासन दिइए पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै लामिछानेले सुकुम्बासी समस्याबारे आफू पहिलेदेखि नै जानकार रहेको र समाधानका लागि व्यवहारिक पहल आवश्यक रहेको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय