spot_img

पर्सा–२ बाट नेकपा उम्मेदवार मनोज चौधरीद्वारा बहुदरमाईमा घरदैलो तथा जनता दर्शन कार्यक्रम

spot_img
spot_img

वीरगंज, ५ फागुन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले मंगलबार बहुदरमाई नगरपालिकाको वडा नं. ३ अन्तर्गत नगरदाहा र गमहरियामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो तथा जनता दर्शन कार्यक्रममा उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष संवाद गर्नुका साथै आफ्ना चुनावी एजेण्डा र रणनीतिबारे छलफल गरेका थिए।

उनले मतदाताहरूको जिज्ञासाको जवाफ दिँदै सक्षम नेतृत्व दिन सक्ने उम्मेदवारलाई निर्वाचित गर्न आग्रह गरेका थिए। नेपालको लोकतान्त्रिक आन्दोलनलाई उच्च स्थानमा पुर्‍याउन भूमिका खेलेका नेताहरू नेकपामै रहेको उल्लेख गर्दै उनले आफ्नो चुनाव चिह्न ‘तारा’ मा मतदान गर्न मतदाताहरूलाई अनुरोध गरेका थिए।

घरदैलो कार्यक्रममा पार्टीका नेताहरू किशोरी कुशवाहा, बृजलाल पासवान, बिपिन यादव, जीवन राम, अरुण रेग्मी, उमेश राम, रमेश चौधरी, दीपेन्द्र सिंह पटेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले पर्सा निर्वाचन क्षेत्र नं. २ मा ‘तारा’ चुनाव चिह्नको पक्षमा जनलहर देखिएको दाबी गर्दै उम्मेदवार मनोज चौधरी जितको नजिक पुगेको बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय