spot_img

प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङको विज्ञप्ति

spot_img
spot_img

काठमाडौं,०१ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आज जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनले प्रधानमन्त्रीले संसदीय परम्परा र लोकतान्त्रिक अभ्यासको अवहेलना गरेको आरोप लगाउँदै पद छोड्नुपर्ने बताएका हुन्।

साम्पाङले प्रधानमन्त्रीले संसदको मर्यादा र परम्परालाई बेवास्ता गरेको, नीति तथा कार्यक्रमका समयमा अनुपस्थित रहेको तथा छलफलमा सहभागी नभएको भन्दै कडा आलोचना गरेका छन्।

उनका अनुसार प्रधानमन्त्रीको व्यवहारले जनताको सर्वोच्च संस्था संसदको अपमान भएको छ र यसले लोकतान्त्रिक अभ्यासमा नकारात्मक सन्देश दिएको छ।

विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीलाई “असक्षम” र “असफल” को संज्ञा दिँदै जनताका प्रश्नहरूको जवाफ नदिने, संसदमा उपस्थित नहुने र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले गलत नजिर बस्ने बताएका छन्।

उनले न्यूनतम संसदीय कर्तव्यसमेत पूरा नगरेको भन्दै नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

साम्पाङले कर्तव्य बिना अधिकार सम्भव नहुने भन्दै लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासको सम्मानका लागि तत्काल कदम चाल्नुपर्ने धारणा राखेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय