spot_img

कांग्रेसले गगन थापाको नेतृत्वमा प्रतिज्ञा पत्र सर्वसम्मत पारित

spot_img
spot_img

काठमाडौं,०६ फागुन । नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक मार्गचित्र ‘प्रतिज्ञा पत्र’ सर्वसम्मत रूपमा पारित गरी चुनावी मैदानमा औपचारिक कदम चालेको छ।

बुधबार सभापति गगन थापा को नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्रलाई अनुमोदन गरेको हो। कार्यबाहक सभापति एवं मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार, पार्टीभित्र व्यापक छलफलपछि तयार गरिएको यो प्रतिज्ञा पत्रले कांग्रेसको भावी संकल्प र जनताप्रतिको उत्तरदायित्व स्पष्ट पार्ने विश्वास लिइएको छ।

पार्टी बैठकबाट विधिवत् पारित भएसँगै कांग्रेसले प्रतिज्ञा पत्रलाई आजै मधेस प्रदेशको राजधानी जनकपुर मा भव्य समारोहमा सार्वजनिक गर्ने तयारी गरेको छ। जनकपुरलाई राजनीतिक सन्देशको केन्द्र बनाउँदै पार्टीले आफ्नो चुनावी अभियानलाई देशव्यापी बनाउने रणनीति बनाएको छ।

भर्चुअल माध्यमबाट जुटेका केन्द्रीय सदस्यहरूले नयाँ एजेन्डामा ऐक्यबद्धता जनाएपछि कांग्रेस अब आफ्ना योजनासहित मतदातासँग प्रत्यक्ष सम्पर्कमा पुग्ने तयारीमा रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय