काठमाडौं,०७ फागुन । रास्वपाका सभापति रवि लामिछानेले अहिले देशको समस्या समाधान गर्नका लागि चुनावको विकल्प नभएको बताएका छन्। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै चुनावले निकास नदिए केले दिन्छ ? भन्दै प्रश्न गरे।
उनले भने, ‘चुनाव गर्न हुँदैन, सार्नुपर्छ भन्ने कुरा कता कता सुनेको छु। चुनावले निकास दिँदैन भने केले दिन्छ निकास? लोकतन्त्रमा सबैभन्दा ठुलो तागत जनताको हो, जनताले भोटबाट तागत देखाउने यो उत्सवले निकास दिन्न भने केले दिन्छ निकास? आन्दोलने। त्यो भए म एउटा अफर दिन चाहन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्। हामी चाहन्छौँ भोटबाट फेर्न रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ।’
उनले अहिले जनता जागेको बेलामा चुनावको विकल्प नभएको बताए। उनले भने, ‘लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागेको छ। ल्यान्ड नहोस्। लोकतन्त्रलाई खतरा जब हुन्छ त्यो हेलिकप्टर जब सिंहदरबार वा बालुवाटार ल्यान्ड हुन्छ।’

