पर्सामा भारतीय नाका फागुन १८–२१ सम्म पूर्णरूपमा बन्द

spot_img

बीरगन्ज,१६ फागुन । पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनामा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो निर्णय गरिएको जनाइएको छ।

प्रशासनका अनुसार तोकिएको अवधिमा अत्यावश्यक सेवा बाहेक सर्वसाधारणको सीमा आवतजावतमा रोक लगाइने छ। साथै होली र अन्य सामुदायिक पर्वहरू मनाउने क्रममा भीडभाड, जुलुस, र्‍याली, मादक पदार्थ सेवन, अशान्ति फैलाउने गतिविधि र मोटरसाइकलद्वारा होली मनाउने कार्य निषेध गरिएको छ।

निर्वाचन मौन अवधिभर कुनै पनि राजनीतिक दल वा उम्मेदवारले प्रचारप्रसार, झण्डा–ब्यानर प्रदर्शन, डीजे वा अन्य ध्वनि प्रदूषण गर्ने गतिविधि गर्न नपाउने प्रशासनले स्पष्ट पारेको छ।

सूचना उल्लङ्घन भएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिइएको छ र सबै सरोकारवालालाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय