बिना अवरोध तीव्र गतिमा देश अघि बढाउँछौं : गगन थापा

spot_img

जनकपुर ,१६ फागुन । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले आगामी पाँच वर्ष देशको नेतृत्व कांग्रेसले सम्हाल्ने दाबी गरेका छन्।

ईशवरपुर नगरपालिका मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेस नेतृत्वको सरकारले देशलाई “बिना दुर्घटना तीव्र गतिमा” अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्थायित्व, विकास र सुशासनलाई प्राथमिकतामा राख्दै काम गर्ने बताएका छन्।

थापाका अनुसार अब बन्ने सरकारले प्रत्येक महिनाको १ गते आफ्नो कार्यसम्पादनको सार्वजनिक विवरण प्रस्तुत गर्ने व्यवस्था गरिनेछ। “वैशाखदेखि सरकारले मासिक रूपमा गरेको कामको जानकारी देशवासीलाई दिनेछ र त्यसको नियमित समीक्षा पनि हुनेछ,” उनले भने।

उनले यस्तो अभ्यासले सरकारको कामप्रति पारदर्शिता बढ्ने, नागरिकले प्रत्यक्ष जानकारी पाउने र कार्यसम्पादनको गति तीव्र हुने विश्वास व्यक्त गरे। कांग्रेस नेतृत्वको सरकारमार्फत नेपाललाई स्थायित्व, विकास र सुशासनतर्फ अघि बढाउने उनको दाबी छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय