पर्सा–४ चिल्झपटीमा रमेश रिजालको घरदैलो कार्यक्रम सम्पन्न

spot_img

बीरगन्ज,१६ फागुन । पर्साकाे जगरनाथपुर गाउँपालिका–५, चिल्झपटी — नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश रिजालको नेतृत्वमा आज चिल्झपटीमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आमाबुवा, दाजुभाइ, दिदीबहिनी र युवाहरूको सहभागिता उल्लेखनीय रहेको थियो। उम्मेदवारले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषिको आधुनिकीकरणका विषयमा उनीहरूको सुझाव र अपेक्षा सुने।

रिजालले आफ्ना प्रतिवद्धताहरू साझा गर्दै भने कि “तपाईंहरूको विश्वास, माया र साथले आगामी दिनमा पर्सा–४ लाई समृद्ध, सुरक्षित र अवसरले भरिएको क्षेत्र बनाउने हाम्रो प्रतिबद्धता अझ मजबुत भएको छ।”

उनले कांग्रेसको लोकतन्त्र, समावेशिता र जनताको अधिकारको पक्षमा सधैं उभिने मूल्यमा जोड दिँदै स्थिरता, विकास र विश्वासको राजनीतिमा विश्वास राख्न मतदातालाई आग्रह गरे।

कार्यक्रम अन्त्यमा उनले जनता समक्ष घरघरमा कांग्रेस, मनमनमा विश्वास कायम राख्दै परिवर्तनलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय