कोटा निर्धारण नहुँदा कृषि सामग्री कम्पनीको गोदाम भरियो

spot_img

बीरगन्ज,१६ फागुन । मधेश प्रदेशमा मलको जिल्ला–वार कोटा निर्धारण नहुँदा कृषि सामग्री कम्पनी लिमिटेड को वीरगञ्जस्थित गोदाममा भण्डारण समस्या देखिएको छ।

बीरगन्जमा रहेको कम्पनीको प्रादेशिक कार्यालयअन्तर्गतका गोदामहरू भरिन थालेपछि थप मल राख्न कठिनाइ उत्पन्न भएको हो। मधेश प्रदेश कृषि मन्त्रालयले हालसम्म प्रत्येक जिल्लाका लागि आवश्यक मलको कोटा निर्धारण नगर्दा मौज्दात व्यवस्थापनमा दबाब बढेको कार्यालयले जनाएको छ।

प्रादेशिक प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार अहिले गोदाममा करिब ३५ हजार टन युरिया, ८ हजार टन डीएपी र ८ हजार टन पोटास गरी कुल ४९ हजार टन मल मौज्दात छ। “गोदाम भरिन थालेपछि थप मल भण्डारण गर्न समस्या भइरहेको छ, त्यसैले तत्काल नयाँ गोदाम खोज्न थालेका छौं,” उनले बताए।

कम्पनीले मल आपूर्ति अवरुद्ध नहोस् भन्ने उद्देश्यले वैकल्पिक भण्डारण स्थलको खोजी सुरु गरेको जनाएको छ। सरोकारवालाहरूका अनुसार कृषकलाई समयमा मल उपलब्ध गराउन जिल्ला–वार कोटा निर्धारण र गोदाम व्यवस्थापन सुधार गर्न आवश्यक देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय