जनमतका केन्द्रीय सदस्य साह कांग्रेस प्रवेश

spot_img

जनकपुर,१६ फागुन । जनमत पार्टी का केन्द्रीय कार्यकारिणी सदस्य शम्भु साह नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

साहले जनमत पार्टीको नेतृत्वमा हैकमवाद, परिवारवाद र अलोकतान्त्रिक प्रवृत्ति हाबी भएको आरोप लगाउँदै आफू पार्टीबाट अलग भएको बताएका छन्। उनी जनमतका अध्यक्ष सीके राउत ले गठन गरेको स्वतन्त्र मधेस गठबन्धन का संस्थापकमध्ये एक हुन्। उनी कतारमा बसेर संगठन विस्तारमा सक्रिय रहेकामा पछिल्लो समय नेपालमै रहँदै पार्टी गतिविधिमा संलग्न थिए।

शुक्रबार जनकपुरधामस्थित मिल्स एरियाको निधि निवासमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधि ले साहलाई पार्टीमा स्वागत गरेका हुन्।

पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण साह केही समयदेखि असन्तुष्ट थिए। जनमतका उपाध्यक्ष अब्दुल खाँ, दीपक साह, कोषाध्यक्ष डा. सुरेन्द्रनारायण यादव र प्रवक्ता डा. शरतसिंह यादवसहितका नेतामाथि कारबाही गरिएपछि उनले अध्यक्ष राउतप्रति असन्तुष्टि जनाउँदै आएका थिए।

चुनावी तयारीका क्रममा अध्यक्ष राउतले आफूलाई बेवास्ता गरेको आरोपसमेत लगाउँदै साह कांग्रेसमा प्रवेश गरेका हुन्। “मैले लामो समयदेखि जनमत पार्टीमा रहेर मधेस र मधेसीको हितमा काम गरेँ, अब कांग्रेसमा रहेर मधेसका लागि काम गर्नेछु,” उनले भने।

उनले कांग्रेस प्रवेशलाई नयाँ राजनीतिक यात्रा भन्दै यसलाई मधेसको हितमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय