पर्सा–२का सुशील कुमार कानु १८ हजारभन्दा बढी मतले विजयी

spot_img

बीरगन्ज,२३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानु विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार कानुले ३० हजार ७ सय ४० मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का अजय चौरसिया लाई १८ हजार ८ सय ५० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार रिमा कुमारी यादव ले ११ हजार ६ सय ५ मत प्राप्त गरेकी छन्।

नवनिर्वाचित सांसद कानुको राजनीतिक यात्रा स्थानीय तहबाट सुरु भएको हो। उनी यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

पर्सा–२ मा कुल ९५ हजार १ सय २० मतदाता मध्ये ६५ हजार ८ सय ७८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय