सर्लाही,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहसँग ६ हजारभन्दा बढी मतले पछि परेका छन् ।
सिंहले १६ हजार २२७ मत ल्याएका छन् । थापा ९ हजार ६७४ मतसहित दोस्रो स्थानमा छन् ।
यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६२ मत ल्याउँदा जनमत पार्टीका राकेश कुमार मिश्रले १ हजार २२ मत प्राप्त गरेका छन् ।

