spot_img

फेरि सांसदलाई स्वकीय सचिव

spot_img
spot_img

काठमाडौँ,०१ वैशाख । सांसदहरूले स्वकीय सचिवको सुविधा पाउनेबारे प्रक्रिया सुरु गरिएको छ।

सोमबार संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले सांसदहरूले स्वकीय सचिवको सुविधा पाउनेबारे प्रक्रिया अघि बढाएको छ।

सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको सभामुखको सचिवालयले जनाएको छ।

संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी र सदस्य।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा संघीय संसद सचिवालयका सचिवहरूको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय