spot_img

१०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा

spot_img
spot_img

महोत्तरी,०१ चैत । रामगोपालपुर नगरपालिका–८ क्षेत्रबाट प्रहरीले १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरी का अनुसार सहसौला चोक नजिकबाट २० वटा पोकामा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा कार समातिएको हो। नियन्त्रणमा लिइएको कारको नम्बर डिएल १ सीओ ५८६९ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा का अनुसार गएराति करिब ११ बजे गोप्य सूचनाका आधारमा कार रोकी जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो। उक्त कार पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ लैजाँदै गरिएको थियो।
लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय रामगोपालपुर बाट खटिएको संयुक्त टोलीले कारसहित गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनापछि कार चालक भने फरार रहेको र उनको खोजीका साथै थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय