आक्रमण गरेर फर्किएको अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

spot_img

काठमाडौं,६ चैत – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक ‘एफ(३५’ युद्धविमानले मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण गरेको छ। अमेरिकी सैन्य अधिकारीका अनुसार इरानी आकाशमा युद्ध मिसन पूरा गरी फर्कने क्रममा उक्त विमानमा समस्या देखिएको हो।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्ट्रकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बिहीबार विमानको सुरक्षित अवतरण भएको र पाइलटको अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

हकिन्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “इरानमाथि सैन्य अभियान चलाएर फर्किएको अमेरिकी एफ(३५ विमानले क्षेत्रीय सैन्य अखडामा आकस्मिक अवतरण गरेको प्रतिवेदनबारे हामी सचेत छौँ। विमान सुरक्षित अवतरण भएको छ र पाइलटको स्वास्थ्य अवस्था स्थिर छ। यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।”

सिएनएनले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, झण्डै १० करोड डलर मूल्य पर्ने उक्त अत्याधुनिक विमानलाई इरानले प्रहार गरेको हुन सक्ने सम्भावना छ। यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरूले अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ। यद्यपि, विमान कुन कारणले आकस्मिक अवतरण गर्न बाध्य भयो भन्नेबारे अमेरिकाले औपचारिक पुष्टि गरिसकेको छैन।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय