spot_img

इनिसा विक प्रकरणमा न्यायको माग गर्दै काठमाडौँमा प्रदर्शन

spot_img
spot_img

काठमाडौँ,०६ चैत । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।

शुक्रवार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमार्फत सहभागीहरूले सरकारले जघन्य अपराधमा संलग्न दोषीहरूलाई कठोर सजाय दिलाउन र भविष्यमा यस्ता घटनाहरू रोक्न प्रभावकारी कदम चाल्न दबाब दिएका छन्।

ब्रदरहुड नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक भएको जोड दिएका थिए। प्रदर्शनमा सहभागिहरूले सामाजिक सचेतना फैलाउने साथै सरकारले समान रूपले कानुनी सुरक्षा सुनिश्चित गर्नुपर्ने आग्रह पनि गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय