spot_img

ओलीसहित सुरक्षा निकायका प्रमुखविरुद्ध कारबाही सिफारिस

spot_img
spot_img

वीरगन्ज,०७ चैत । जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे राष्ट्रिय मानव अधिकार आयोग ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च तहका अधिकारीहरूविरुद्ध कारबाही सिफारिस गरेको छ।

आयोगद्वारा गठित छानबिन समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरलाई करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन बुझाउँदै दोषी ठहरिएका व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरेको हो। समिति लिली थापा को अध्यक्षतामा गठन गरिएको थियो।

प्रतिवेदनमा तत्कालीन गृहमन्त्री रमेश लेखक तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरूलाई समेत घटनाको जिम्मेवार ठहर गरिएको छ। छानबिनका क्रममा राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिले उचित पूर्वतयारी गर्न नसकेको निष्कर्ष निकालिएको छ।

आयोगले उक्त घटनासँग सम्बन्धित कुल ८१ जनासँग बयान लिएको जनाएको छ। कमजोर तयारीका कारण आन्दोलनमा ठूलो मानवीय क्षति भएको ठहर समितिले गरेको छ।

गत २४ भदौमा गठन भएको छानबिन समितिले करिब ६ महिनाभन्दा बढी समय लगाएर अनुसन्धान सम्पन्न गरेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय